बैशाख २१, २०८१, शुक्रबार
               

हलिउड अभिनेता रोबर्ट प्याटिन्सनलाई कोरोना संक्रमण

एजेन्सी
भदौ २०, २०७७

ADVERTISEMENT

हलिउड अभिनेता रोबर्ट प्याटिन्सन कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

बेलायतमा चलचित्र द ब्याटम्यानको छायांकनको क्रममा रहेका अभिनेता प्याटिन्सनमा कोरोना संक्रमण पुष्टि भएको स्रोतहरुलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

मार्चदेखि रोकिएको द ब्याटम्यानको छायांकन यहि हप्तामात्रै सुरु भएको थियो। प्याटिन्सनमा संक्रमण देखिएपछि पुनः छायांकन रोकिएको छ। सो चलचित्रको तीनमहिनाको छायांकन बाँकी रहेको छ ।

चलचित्र निर्माता कम्पनी वार्नर ब्रोजले बेलायतमा द ब्याटम्यान चलचित्रको टिमका एकजनामा संक्रमण देखिएको बताए पनि नाम खुलाएको छैन। तर स्रोतहरुले ती व्यक्ति अभिनेता प्याटिन्सन नै रहेको बताएका हुन् ।

भेराइटी, द हलिउड रिपोर्टर र भ्यानिटी फेयरले प्याटिन्सन नै संक्रमित भएको उल्लेख गरेका छन् । तर उनमा संक्रमणको लक्षण कस्तो छ वा स्वास्थ्य अवस्था कस्तो रहेको छ भन्ने बारे केही स्पष्ट भएको छैन ।


 


कस्तो लाग्यो ?

यो पनि