बैशाख १६, २०८१, आइतबार
               

'हुन्छ खोसा खोस' सार्वजनिक

नेपाल फ्ल्यास
भदौ ०९, २०७७

ADVERTISEMENT

गायक नेत्र भण्डारी र गायिका अस्मिता अधिकारीको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘हुन्छ खोसाखोस’ बोलको गीतमा सुनिल बीसीको शब्द तथा सन्तोष सुनारको सङ्गीत रहेको छ ।

सार्वजनिक गीतको भिडियोमा सागर लम्साल, मञ्जिल बस्नेत, प्रिज्मा-प्रिन्सी खतिवडाको अभिनय रहेको छ । डान्सिङ शैलीमा तयार भएको यस गीतको भिडियोमा सागर र प्रिज्माले जोडी बाँधेका छन् भने मञ्जिलसँग प्रिन्सीको जोडी देखाइएको छ ।

यी ४ जनाले दोस्रो पटक भिडियोमा एकसाथ काम गरेका हुन् । उनीहरूले यसअघि ‘रनभुल’ बोलको गीतमा सँगै काम गरेका थिए । प्रिज्मा-प्रिन्सीसँग सागरले मात्र भने आधा दर्जनभन्दा बढी भिडियो गरिसकेका छन् ।

राजिव समरको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोलाई रामकुमार केसीले खिचेका हुन् । भिडियोलाई टेकेन्द्र शाहले सम्पादन तथा कलर गरेका हुन् ।

 


कस्तो लाग्यो ?

यो पनि