बैशाख १५, २०८१, शनिबार
               

सुवासले ल्याए राष्ट्रिय गीत 'यादमा तिम्रो'

नेपाल फ्ल्यास
भदौ ०१, २०७७

ADVERTISEMENT

सुवास भुजेलको स्वरमा रहेको राष्ट्रिय गीत ‘यादमा तिम्रो’ सार्वजनिक भएको छ । सार्वजनिक उक्त गीतमा युनिक राईले पनि स्वर दिएका छन् ।

राष्ट्रेप्रेमले भरिएको गीतको शब्द गायक भुजेलले नै तयार गरेका हुन् भने संगीत युनिक राईले दिएका छन् ।

गीतको भिडियोमा निर्मल शर्मा, गजित विष्ट, रवि शर्मा, रजनी केसी, कलिशा बजगाईंको अभिनय रहेको छ । भिडियोमा गायकद्वय भुजेल र राईलाई पनि देख्न सकिन्छ । राष्ट्रियता झल्काइएको भिडियोमा नेपालको सम्पदाहरु तथा संस्कृतिलाई समेटिएको छ । 

दिप्सन लुइटेलको निर्देशनमा तयार भएको भिडियोलाई विनोद पोखरेल र विवेक बस्यालले खिचेका छन् । भिडियोलाई दिलिप तामाङ ‘गारब’ले सम्पादन तथा कलर गरेका छन् ।

हेर्नुहोस् भिडियो:


कस्तो लाग्यो ?

यो पनि