एजेन्सी । भारतमा विभिन्न कलाकार तथा अभिनेताको मृत्यु भएको समाचार धेरै मिडियामा आइरहँदा फेरि एक टेलिभिजन अभिनेता मृत अवस्थामा भेटिएका छन् । अभिनेता समीर शर्माको शव मुम्बईस्थित घरमा भेटिएको हो ।
उनले आत्महत्या गरेको भारतीय प्रहरीले आशंका गरेको छ । जानकारी अनुसार ४४ वर्षीय मृतक अभिनेता शर्माले ‘क्यों कि सास भी कभी बहू थी,’ ‘कहानी घर–घर की’ र ‘ये रिश्ते है प्यार के’ जस्ता टेलिसिरियलमा काम गरेका थिए ।
बुधबार राति आफ्ने फल्याटमा शर्माको शव भेटिएको प्रहरीले जनाएको छ । बेंगलुरुबाट मुम्बई आएपछि सन् २००३ देखि उनले अभिनय यात्रा सुरु गरेका थिए ।