बैशाख २१, २०८१, शुक्रबार
               

एक्सन निर्देशक परवेज खानको निधन

एजेन्सी
साउन १३, २०७७

ADVERTISEMENT

बलिउड सिनेमाका एक्सन निर्देशक परवेज खानको निधन भएको छ ।

हृदयघातका कारण ५५ वर्षीय खानको सोमबार मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

परिवारका सदस्यका अनुसार, उनलाई सोमबार हतारहतार अस्पताल पुर्‍याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । 

आइतबार राति परवेजले छाती दुखेको बताएका थिए । उनी सन् १९८६ देखि फिल्म क्षेत्रमा कार्यरत थिए ।

फिल्म निर्माता हंसल मेहताले उनको आत्माको शान्तिको कामना गरेका छन् ।

ट्विट गर्दै उनले भनेका छन्, ‘एक्सन निर्देशक परवेज खान अब यो संसारमा छैनन् भनेर भर्खरै थाहा पाएँ। हामीले साहिद फिल्ममा सँगै काम गरेका थियौं, जसमा उनले दंगाको सीन सिंगल टेकमा गरेका थिए। असाध्यै क्षमतावान्, ऊर्जाले भरिपूर्ण र उत्कृष्ट व्यक्ति। तपाईंको आत्माले शान्ति पाओस्। तपाईंको आवाज अझै पनि मेरो कानमा गुञ्जिरहेको छ।’

भारतीय सञ्चारमाध्यमका अनुसार एक्सन निर्देशक अकबर बख्सीको सहायकका रूपमा करियर सुरु गरेका परवेज खानले अक्षय कुमारको ‘खिलाडी’, शाहरुख खानको ‘बाजिगर’ र बबी देओलको ‘सोल्जर’ जस्ता फिल्ममा काम गरेका थिए ।


कस्तो लाग्यो ?

यो पनि