बैशाख १६, २०८१, आइतबार
               

विश्व नेपालीको 'टेष्ट गरौँ'मा सरोज र आश्मा

नेपाल फ्ल्यास
साउन ०४, २०७७

ADVERTISEMENT

गायक विश्व नेपालीको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । आइतबार सार्वजनिक गरिएको 'टेस्ट गरौँ' बोलको गीतमा एकनारायण भण्डारीको शब्द छ । गीतमा संगीत तथा संयोजनको काम आशिष अभिरले गरेका छन् ।

डान्सिङ शैलीमा तयर भएको यस गीतको भिडियोमा नृत्यबाट नै चर्चामा आएको 'कार्टुन क्रु'का मुख्य दुई सरोज अधिकारी र आश्मा विश्वकर्मालाई फिचर गरिएको छ । प्रेम प्राप्तिका लागि एक युवाले गरेको सङ्घर्षलाई भिडियोको मुख्य विषयवस्तु बनाइएको छ ।

ट्रि इन्टरटेन्टमेन्टको प्रस्तुति रहेको भिडियोलाई शान थापाले निर्देशन गरेका छन् । भिडियोमा राजीव समरको नृत्य निर्देशन छ ।

अर्जुन तिवारी डीओपी रहेको भिडियोमा बुद्ध थापाको छायांकन तथा सुप्रिम पराजुलीको सम्पादन छ ।

 


कस्तो लाग्यो ?

यो पनि