बैशाख १५, २०८१, शनिबार
               

'मायालु तिमी कता छौ २' मा पल र स्वस्तिमा

नेपाल फ्ल्यास
साउन ०१, २०७७

ADVERTISEMENT

राजनराज सिवाकोटी र स्मिता दाहालको स्वरमा रहेको 'मायालु तिमि कता छौ २' सार्वजनिक भएको छ ।

करिव १ बर्ष अगाडी सार्वजनीक 'मायालु तिमि कता छौ' को दोश्रो भागका रुपमा तयार भएको यस गीतमा दिनेश थपलियाको शब्द र राजनराजको संगीत रहेको छ । 

गीतको पहिलो भागको भिडियोमा 'द कार्टुन क्रु'लाई फिचर गरिएको थियो । तर, यस भिडियोमा भने अभिनेता पल शाह र अभिनेत्री स्वस्तिमा खड्कालाई फिचर गरिएको छ । 

सरोज ओलीले निर्देशनमा तयार भएको भिडियोमा पल र स्वस्तिमासँगै बालकलाकार एन्जल राई र अरविन खड्का पनि फिचर छन् । विक्रम स्वरको कन्सेप्ट कोरियोग्राफी रहेको भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन् । भिडियोलाई अर्जुन जिसीले सम्पादन गरेका छन् ।

 


कस्तो लाग्यो ?

यो पनि