बैशाख २०, २०८१, बिहीबार
               

बलिउड कोरियोग्राफर सरोज खानको निधन

नेपाल फ्ल्यास
असार १९, २०७७

ADVERTISEMENT

एजेन्सी । बलिउड कोरियोग्राफर सरोज खानको ७१ वर्षको उमेरमा निधन भएको छ । उनको शुक्रबार हृदयाघातका कारण निधन भएको हो ।

स्वास्थ्यमा समस्या आएका कारण विगत केही दिनदेखि अस्पतालमा रहेका उनको उपचारको क्रममै निधन भएको हो । सरोजकी छोरी सुकैना खानले उनको निधनको पुष्टि गरेकी हुन् । 

उनी बाल कलाकारका रुपमा भारतीय चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् । सन् १९५० को दशकमा विमल रोयको मधुमतिजस्ता चलचित्रबाट नृत्य निर्देशक बी. सोहनलको निर्देशनमा ब्याकग्राउन्ड डान्सरको रुपमा प्रवेश गरेकी थिइन् । 

त्यसपश्चात उनले सहायक कोरियोग्राफरका रुपमा काम गर्न थालिन् । उनले सन् १९७४ मा आएको चलचित्र ‘गीता मेरा नाम’ बाट स्वतन्त्र कोरियोग्राफरको रुपमा पहिलो ब्रेक पाएकी थिइन् । 

भने उनलाई ‘मिस्टर इन्डिया’ को गीत ‘हावा हावाई’ बाट चर्चा दिलाएको थियो । अभिनेत्री श्रीदेवीसँगको सहकार्यमा चलचित्र ‘नगिना’का गीतहरुले पनि उनको परिचयमा थप उचाइ दिलाएको थियो । 

यद्यपि माधुरी दीक्षितसँगको उनको सहकार्यले दुवै कलाकारको करियरलाई थप उचाइमा ल्याउन मद्दत मिलेको थियो । 

माधुरी र सरोजको सहकार्यमा चर्चा कमाएका केही गीतहरु मध्ये तेजाब चलचित्रबाट ‘एक दो तीन’, चलचित्र थानेदारबाट ‘तम्मा तम्मा लोगे’ , चलचित्र सैलाबबाट ‘हाम को आज कल है इन्टजार’ र चलचित्र बेटाबाट ‘धक धक कर्ने लगा’ रहेका छन् ।


कस्तो लाग्यो ?

यो पनि