बैशाख १५, २०८१, शनिबार
               

रियाशाको पछि परे पल र बले

नेपाल फ्ल्यास
असार ०४, २०७७

ADVERTISEMENT

गायक सरोज ओली र गायिका मेलिना राईको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘ए है माया’ बोलको गीतमा दीपक शर्माको संगीत तथा सरोज ओलीकै शब्द रहेको छ । 

सार्वजनिक गीतको भिडियोमा पल शाह, सागर लम्साल, रियाशा दाहाल र सुधिर श्रेष्ठको अभिनय रहेको छ । भिडियोमा तीन युवाले एक युवतालाई मन पराएको दृष्यलाई समेटिएको छ । 

लकडाउन केही खुकुलो भएपछि भौतिक दुरी कायम गरी यो भिडियो तयार गरिएको हो । भिडियोमा पनि कोरोनाको विषयलाई जोडिएको छ ।

विक्रम स्वारको कन्सेप्ट तथा कोरियोग्राफीमा तयार भएको भिडियो निर्देशक सरोज ओलीले नै गरेका हुन् । नवराज उप्रेतीको छायांकन रहेको भिडियोमा अर्जुन जिसीको सम्पादन छ ।

 


कस्तो लाग्यो ?

यो पनि