बैशाख १६, २०८१, आइतबार
               

सुशान्तको मृत्युको खबरले मोदी भए दुःखी, कसले के भने ?

एजेन्सी
जेठ ३२, २०७७

ADVERTISEMENT

बलिउड अभिनेता सुशान्त सिंह राजपूतले मुम्बईस्थित आफ्नो फ्ल्याटमा झुण्डिएर आत्महत्या गरेका छन् । 

३४ वर्षीय सुशान्तले किन आत्महत्या गरे भन्ने अहिलेसम्म कुनै जानकारी आएको छैन । घरका कामदारले प्रहरीलाई बताए अनुसार उनी हिजोदेखि निकै तनावमा थिए ।

ती कामदारका अनुसार बिहान ढिलोसम्म ढोका नखोलेपछि अर्को चाबीले मेन गेट खोलेर भित्र प्रवेश गरेका थिए । भित्र सुशान्तको शव पंखामा झुण्डिरहेको अवस्थामा उनले फेला पारेका थिए । 

केही समयअघि मात्र बलिउडका दिग्गज कलाकार इरफान खानर र ऋषि कपूरलाई गुमाएको बलिउड इन्डष्ट्रिले फेरि एउटा होनाहार अभिनेता गुमाएको छ । सुशान्तको मृत्युपछि बलिउड इन्डष्ट्रि अहिले शोकमा छ ।

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सुशान्तको मृत्युमा दुःख व्यक्त गरेका छन् । 

सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै मोदीले एक होनाहार अभिनेता छिट्टै बिदा भएको भन्दै दुःख व्यक्त गरेका छन् । मनोरञ्जनको दुनियामा उनको उदयले धेरैलाई प्रेरित गरेको उनले बताएका छन् ।

सुशान्त निकै क्षमतावान अभिनेता थिए । भगवानले उनको परिवारलाई यो दुःख सहन सक्ने शक्ति देओस् । -अक्षय कुमार, अभिनेता

सुशान्त मेरो निकै नजिकका र राम्रा साथी थिए । जे घटना भयो मैले विश्वास गर्न सकिरहेको छैन । -नवाजुद्दीन सिद्दीकी, अभिनेता 

डिप्रेसन सबैभन्दा ठूलो महामारी हो । -उर्वशी रौतेला, अभिनेत्री 

सुशान्तको मृत्युको खबरले निकै दुःखी छु, भगवानले परिवारलाई धैर्यधारण गर्ने शक्ति देओस् । -अजय देवगन, अभिनेता 

धोनीको बायोपिक फिल्म 'एमएस धोनी'मा सुशान्तसँगै काम गरेका आलोक पाण्डेका अनुसार सुशान्तले आत्महत्या गर्नुपर्ने कुनै कारण नै थिएन । 


कस्तो लाग्यो ?

यो पनि