अभिनेत्री मनिषा कोइरालाले चर्चित भारतीय कलाकार सुशान्त सिंह राजपुतले आत्महत्या गरेको खबर सुन्दा आफू स्तब्ध भएको बताएकी छन् ।
मनिषाले सामाजिक सञ्जाल ट्विटरमा लेखेकी छिन्, ‘यो सुन्दा म निकै स्तब्ध भएँ... बिभिन्न विषयमा उनले गर्ने बहस म निकै मन पराउँथेँ... मेरो हार्दिक समवेदना ! ओम शान्ति...,’
Utterly shocked to hear this.. used to love his debates on various topics..my heartfelt condolences !Om Shanti .. #rip @itsSSR 🙏🏻🙏🏻🙏🏻
— Manisha Koirala (@mkoirala) June 14, 2020
सुशान्त आइतबार मुम्बाईस्थित आफ्नै घरमा पंखामा झुण्डिएको अवस्थामा भेटिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
३४ वर्षीय सुशान्तले के कारणले आत्महत्या गरे भन्ने विषयमा अनुसन्धान भइरहेको त्यहाँको प्रहरीले जनाएको छ ।
उनी ६ महिनादेखि डिप्रेसनमा रहेको भन्दै प्रहरीले डिप्रेसनकै कारण उनले आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ ।
टेलिसिरियलबाट करिअर सुरुवात गरेका उनको पहिलो सिरियल ‘किस देशमे हे मेरा दिल’मा अभिनय गरेका थिए ।
उनको विशेष परिचय भने एकता कपुरको धारावाहिक सिरियल ‘पवित्र रिस्ता’बाट मिलेको थियो ।