बैशाख १६, २०८१, आइतबार
               

सुशान्तले आमा र जीवनको बारेमा लेखेका थिए अन्तिम पोष्ट

एजेन्सी
जेठ ३२, २०७७

ADVERTISEMENT

बलिउड अभिनेता सुशान्त सिंह राजपूतले मुम्बईस्थित आफ्नो फ्ल्याटमा झुण्डिएर आत्महत्या गरेका छन् । 

३४ वर्षीय सुशान्तले किन आत्महत्या गरे भन्ने अहिलेसम्म कुनै जानकारी आएको छैन ।

घरका कामदारले प्रहरीलाई बताए अनुसार उनी हिजोदेखि निकै तनावमा थिए । ती कामदारका अनुसार बिहान ढिलोसम्म ढोका नखोलेपछि अर्को चाबीले मेन गेट खोलेर भित्र प्रवेश गरेका थिए । भित्र सुशान्तको शव पंखामा झुण्डिरहेको अवस्थामा उनले फेला पारेका थिए ।

सुशान्तकी पूर्वम्यानेजरको पनि मृत्यु

सुशान्तकी पूर्व म्यानेजरको पनि केहि दिनअघि एउटा भवनको १४ औं तल्लाबाट खसेर मृत्यु भएको थियो ।

सुशान्तकी पूर्व म्यानेजर दिशा सलियानको जेठ २६ गते सोमबार राति मृत्यु भएको हो ।

उनी आफ्नो प्रेमीसँग बस्दै आएकी थिइन् । घटनापछि उनलाई तुरुन्तै बोरिवली अस्पताल लगिएको थियो । तर, डाक्टरले उनलाई मृत्त घोषणा गरेका थिए ।

अन्तिम पोष्ट

सुशान्त सामाजिक सञ्जालामा पनि सक्रिय रहँदै आएका थिए । केही दिनअघि सुशान्तले आफ्नी आमालाई सम्झिदै एक पोष्ट गरेका थिए । सामाजिक सञ्जालमा त्यही पोष्ट नै उनको अन्तिम पोष्ट हुन पुग्यो ।

उनले जीवनलाई क्षणभंगुर (क्षणिक केही बेरमा नाश हुने) बताएका थिए । उनले लेखेका थिए, धमिलो अतित आँशुका रुपमा वाफ बनेर उडिरहेको छ ।

सुशान्तको आमाको मृत्यु सन् २००२ मा भएको थियो ।

सुशान्तले सन् २०१६ को जनवरीमा दिएको एक अन्तरवार्तामा उनले आमाको मृत्युलाई जीवनको सबैभन्दा दुःखद क्षण भएको बताएका थिए । 

‘यो भयानक अनुभव थियो । यसले अहिले पनि मलाई डराउँछ । परिवारको कुनै पनि सदस्यको मृत्युलाई पहिलो पटक सामना गरेको थिएँ । जब यस्तो घटना हुन्छ तपाईंलाई हरेक चिज क्षणिक भएको पत्ता लाग्छ । यस घटनाले मेरो भित्र केही बदलाव गर्यो । म आज त्यो व्यक्ति रहिनँ, जुन म उनी जानभन्दा अघि थिएँ ।’

सुशान्तले आफ्नो बलिउड करियरमा १२ वटा चलचित्रमा काम गरिसकेका छन् । जसमा काय पो चे, शुद्ध देशी रोमान्स, पीके, डिटेक्टिव ब्योमकेश बख्शी, एमएस धोनीः अनटोल्ड स्टोरी, राब्ता, केदारनाथ, लगायतका चलचित्र रहेका छन् ।

सुशान्तले ब्याकअप डान्सरको रुपमा आफ्नो करियर सुरु गरेका थिए ।

टिभीमा उनको पहिलो सिरियल बालाजी टेलिफिल्म्सको ‘किस देश मे शै मेरा दिल’ थियो । त्यसपछि ‘पवित्र रिश्ता’ सिरियलमार्फत् उनले चर्चा पाए ।

उनी डान्स रियालिटी शो जरा नच के दिखा र झलक दिखलाजामा पनि देखिए । 


कस्तो लाग्यो ?

यो पनि