मंसिर ०७, २०८१, शुक्रबार
               

समाजसेवामा नायिका प्रतीक्षा

नेपाल फ्ल्यास
जेठ २८, २०७७

ADVERTISEMENT

कोरोना भाइरसको महामारीको विषम परिस्थितिमा सारा विश्व दुख, पीडा र सङ्कटमा छ । कोरोना नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउनका कारण नेपाल पनि मानवीय सङ्कटमा छ ।  एक मुठी खान नपाएकै कारण कैयौँ भोकभोकै बस्न बाध्य छन् । 

यस्तो मानवीय सङ्कटको घडीमा एक सत्य उजागर भएको छ। हराउँदै गएको मानवता फेरि एक पटक देखिन थालेको छ । यस्तैमा, सङ्कटको सारथिको रूपमा देखा परेकी छिन् – नायिका प्रतीक्षा खड्का ।

विश्व नै कोरोना प्रकोपसँग जुधिरहेको अवस्थामा जसरी अग्रिम मोर्चामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मी कमान्डर बनेर सक्रिय छन् । उत्तिकै भूमिका निर्वाह गरिरहेका छिन् नायिका प्रतीक्षा खड्का पनि । उनी कहिले भोकभोकै परेका मजदुरको चुलोमा आँगाे बाल्न पुग्छिन्, त कहिले सामूहिक दाना खुवाउन । 

बुधबार नायिका प्रतीक्षाले रत्नपार्कमा सामूहिक खाना खुवाएकी छिन् । युवासंघले नियमित रूपमा सामूहिक खाना खुवाउँदै आएको सो क्षेत्रमा उनले चामल, दाल, नुनलगायत खाद्यान्न वितरण गरिन् । भोकै बस्न बाध्य भएकाहरूलाई  उनले पटकपटक सहयोग गर्दै आएकी छिन् ।

उनले यसअघि नयाँबसपार्क, गोङ्गबु क्षेत्रमा सामुदायिक कुकुरलाई आहारा खुवाउँदै खुवाएकी छिन्।

नायिका प्रतीक्षाको यस्तो समाजसेवाबाट सङ्घ संस्था हाँक्ने, कुर्सीमा माला लगाएर बस्ने ठूलाठूला नेताहरूभन्दा सङ्कटका सारथि उनी सच्चा हिरोइन रहेछन् भन्ने धेरैले महसुस गरेका छन् ।  

नायिका प्रतीक्षाले संकटक बेलामा आआफ्नो ठाउँबाट जे सकिन्छ त्यो गर्न अनुरोध गर्दै सामाजिक दायित्वबाट नभाग्न सबैलाई अनुरोध गरेकी छिन् । ‘हामी सबैले आफूले सकेको सहयोग गरौँ, यो नै मानव हुनुको मूल दायित्व हो,’ उनी भन्छिन् ।  सानैदेखि समाजसेवामा झुकाव राख्ने प्रतीक्षाले असाहयहरुको सेवा गर्दै आएकी छिन । प्रतीक्षाले दर्जनौँ म्युजिक भिडियो तथा केही चलचित्रमा अभिनय गरिसकेकी छिन् ।


कस्तो लाग्यो ?

यो पनि