भारतको मुम्बईमा बस्दै आएकी अभिनेत्री निरिशा बस्नेतलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना संक्रमण पुष्टि भएसँगै निरिशा अस्पतालमा उपचाररत छिन् ।
मुम्बईको कोकिला अस्पतालमा उनको उपचार भइरहेकाे छ ।
उनले 'नन्दनी' लगायत केही भारतीय टेलिसिरियलमा अभिनय गरिसकेकी छिन् ।
निरिशाले ‘जानी नजानी’बाट नेपाली फिल्ममा डेब्यू गरेकी थिइन् ।
पछिल्लो समय उनी मुम्बईमा रहेर विभिन्न सिरियलमा काम गरिरहेकी थिइन् ।