बैशाख १६, २०८१, आइतबार
               

आमिरले भने–  ‘पिठोमा पैसा राख्ने मानिस म होइन’

नेपाल फ्ल्यास
बैशाख २२, २०७७

ADVERTISEMENT

सामाजिक संजालमा  बलिउड नायक आमिर खानको विषयमा केही दिनयता  एउटा खबर फैलिएको छ ।

भारतका एक समाजसेवीले एक किलो पिठोको प्याकेटमा १५ हजार रुपैयाँ राखेर वितरण गरे । जुन खबरले खुबै चर्चा पाइरहेको छ । नेपाली सामाजिक संजालमा समेत उक्त काम आमिर खानले गरेका हुन् भन्दै आमिरको प्रशंसा भइरहेको छ । तर, नायक आमिर खानले यो विषयमा स्पष्टीकरण दिएका छन् । 

उनले ट्विटरमा लेखेका छन्–‘म त्यो मानिस होइन, जसले पिठोको प्याकेटमा पैसा राखेर बाँडेको थियो । यो कि त पूर्ण रुपमा झुट खबर हो, कि रविन हुड आफूलाई सार्वजनिक गर्न चाहँदैन । धेरै धेरै माया छ ।’

नायक आमिर खानले लक डाउनपछि विभिन्न तरिकाले सेवा गरिरहेका छन् । सामाजिक कार्यको लागि सबैभन्दा अगाडि आउने नाम नै आमिर भएकाले उनको नाम जोडिएको हुन सक्छ ।


कस्तो लाग्यो ?

यो पनि