जेठ ०१, २०८१, मंगलबार
               

मन्जुल र रिस्ता अभिनित हिन्दी गीत सार्वजनिक

नेपाल फ्ल्यास
बैशाख १६, २०७७

ADVERTISEMENT

पछिल्लो समय चर्चामा रहेको एप्स ‘टिकटक’बाट सेलिब्रेटी मञ्जुल खट्टर र नेपाली अभिनेत्री रिस्ता बस्नेत अभिनित नयाँ हिन्दी म्युजिक भिडियो सार्वजनिक भएको छ । 

सार्वजनिक ‘साथिया तेरे बिना’ बोलको गीतमा कार्तिक र ज्योतिकाको स्वर रहेको छ । गीतमा शब्द संजीव पाण्डेको रहेको छ भने संगीत पुनित पाण्डेले दिएका छन् ।

सम्राट शाक्यको निर्देशनमा बनेको यस भिडियो नेपालमा नै खिचिएको हो । नेपाली प्राविधिकहरु प्रयोग गरेर नै खिचिएको भिडियोमा पोखराको मनोरम दृश्य देखाइएको छ । 

भिडियोमा पुरुषोत्तम प्रधानको छायांकन, कमल राईको नृत्य निर्देशन, अर्जुन जिसीको सम्पादन, रेनिश फागोको कलर करेक्सन, वसन्त घर्ति मगरको भीएफएफ्क्स, यादव पौडेलको प्रोडक्सन र सुरेश न्यौपाने सहायक निर्देशक रहेका छन् ।

 

यो पनि