जेठ ०३, २०८१, बिहीबार
               

हलिउड स्टारजस्तै देखिन गराएकी थिइन् ५० सर्जरी, जेलमा भयो कोरोना संक्रमण

एजेन्सी
बैशाख ०६, २०७७

ADVERTISEMENT

एजेन्सी । हलिउड अभिनेत्री एन्जेलिना जोलीजस्तै देखिनको लागि इरानकी एक सुन्दरीले थुप्रै सर्जरी गरेकी थिइन् ।

इरानकी यी इन्स्टाग्राम स्टार जेलमा छिन् । र उनलाई जेलमै रहँदा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ ।

तेहरानस्थित एक अस्पतालको भेन्टिलेटरमा उनको उपचार भइरहेको छ ।

जोम्बी जस्तै देखिने यी सुन्दरी (सहर तबर) सामाजिक सञ्जाल इन्स्टाग्राममा निकै चर्चित थिइन् । 

गत वर्षको अक्टुबरमा उनलाई हिंसा भड्काएको आरोपमा पक्राउ गरिएको थियो ।

डेलीमेलका अनुसार, यीनी २२ वर्षकी भइन् । यीनको वास्तविक नाम फतेमिह खिशवंद हो । यीनी इरानको तेहरानमा बस्दै आएकी थिइन् । 

यीनले आफ्नो अनुहार थुप्रै पटक सर्जरी गरिसकेकी छिन् । सामाजिक सञ्जालमा यीनको तस्विर निकै भाइरल हुने गर्दथ्यो ।

कोरोना भाइरसको महामारी फैलिएसँगै सहर तबरका वकिलले उनको रिहाइको लागि निकै कोशिश गरे तर, उनी सफल हुन सकेनन् ।

खबरअनुसार सहरलाई गत अक्टुबरमा हिंसा भड्काएको, युवालाई भ्रष्टाचारको लागि प्रेरित गरेको आरोपमा पक्राउ गरिएको थियो ।

सहरले ओस्कार विजेता हलिउड अभिनेत्री एन्जेलिना जोलीजस्तो देखिनको लागि ५० सर्जरी गराएकी थिइन् ।

जसकारण उनी २०१७ मा सामाजिक सञ्जालमा स्टार बन्न सफल भइन् । बढी मेकअप र एडिटिङ गरेर उनले आफ्नो तस्विर शेयर गर्ने गर्थिन् ।

जुलाइमा सहरले पहिलोपटक आफ्नो पुरानो अनुहार सार्वजनिक गरेकी थिइन् । 

सामाजिक सञ्जालमा उनले असामान्य ढंगको मेकअप गरिएको र एडिटिङ गरेर आफूले तस्विर शेयर गरेको उनले खुलासा गरेकी छिन् ।

उनले भनेकी छिन्, मैले (फोटो) अनुहारमा फोटोशप तथा मेकअप गरेको हुन्छु । जब म तस्विर पोस्ट गर्छु तब म मेरो अनुहार पेन्ट (एडिटिङ) गर्ने गर्छु । आफूले आफूलाई प्रस्तुत गर्ने मेरो यो आफ्नै तरिका (कला) हो । मेरा फ्यानहरुलाई थाहा छ, यो मेरो वास्तविक अनुहार होइन ।

इस्लामिक देशमा कस्मेटिक सर्जरी निकै लोकप्रिय छ । अधिकांश महिलाहरुले सर्जरी गर्ने गर्छन् ।


कस्तो लाग्यो ?

यो पनि