जेठ ०३, २०८१, बिहीबार
               

लकडाउनमा माधुरी दीक्षितको कुकुरसँग डान्स

नेपाल फ्ल्यास
चैत २९, २०७६

ADVERTISEMENT

विश्व कोरोना भाइरसको संक्रमणविरुद्ध लडिरहेको छ । यतिबेला सधैँ व्यस्त रहने सेलिब्रेटीहरू पनि आफ्नै घरभित्र कैद भएका छन् ।

बलिउड सेलिब्रेटीहरू पनि आफ्नो काम छोडेर परिवारसँग समय बिताइरहेका छन् । कोही घरायसी कामकाजमा तल्लीन छन् त कोही फ्यानको मनोरञ्जनका लागि केही सामग्री पस्कँदै छन् ।

चर्चित अभिनेत्री माधुरी दीक्षित जस्तै आजकल अनलाइनबाट नृत्य प्रशिक्षण दिँदै छिन्। उनले आफ्ना भिडिओहरू सोसल मिडियामा शेयर गर्दै आएकी छिन् । पछिल्लो समयमा उनले कुकुरसँग नाचिरहेको भिडियो सार्वजनिक गरेकी छिन् । उनका सामग्री फ्यानहरूले मन पराएका छन् ।

माधुरी कुकुरसँग नाचिरहँदा उनले कुकुरप्रति विशेष प्रेम दर्साएकी छिन् । नाचिरहँदा माधुरीले खुट्टामा लगाएको घुङ्ग्रु छनछन् आवाज दिइरहेको छ ।

यसअघि नै माधुरीले कोरोनाबिरूद्धको चलिरहेको युद्धमा योगदान दिने बताइसकेकी छिन् । उनले ट्वीट गरेकी थिइन्, 'हामी सबैले मानवताका लागि हात मिलाउनुपर्दछ र यो लडाई जित्न सकिन्छ । म प्रधानमन्त्री कोष र मुख्यमन्त्री राहत कोषमा सहयोग गर्दै छु ।'

भिडियोमा हेर्नुहोस्

माधुरीको डान्स प्रशिक्षण

 


कस्तो लाग्यो ?

यो पनि