बैशाख २१, २०८१, शुक्रबार
               

‘बेबी डल’को पाँचौं रिपोर्ट आयो, तर अस्पतालबाट पाइनन् छुट्टी

नेपाल फ्ल्यास
चैत २३, २०७६

ADVERTISEMENT

एजेन्सी । कोरोना भाइरस संक्रमित बलिउडकी चर्चित गायिका कनिका कपूर अहिले अस्पतालमा छिन् ।

उनी लखनउको पिजिआई अस्पतालमा उपचाररत छिन् ।

उनको स्वास्थ्य जाँच गर्दा चार पटकसम्म कोरोना पोजेटिभ देखिएको थियो ।

हालै उनको पाँचौं पटक स्वास्थ्य जाँच गरिएको छ । पाँचौं रिपोर्टमा भने उनमा कोरोना भाइरसको नेगेटिभ रिपोर्ट आएको छ ।

यसैबीच उनलाई तत्काल अस्पतालबाट छुट्टी भने नमिल्ने भएको छ । 

चिकित्सकका अनुसार, उनी अझै केही दिन अस्पतालमा बस्नुपर्ने हुन्छ । उनको पुनः एक पटक स्वास्थ्य जाँच गर्नुपर्ने हुन्छ । 

अबको क्रममा उनलाई कोरोना भाइरस नेगेटिभ देखिएमा मात्र अस्पतालबाट बिदाई गरिने छ ।

हालै कनिकाले सामाजि सञ्जालमा एक पोस्ट गर्दै आफ्नो स्वास्थ्य अवस्था पहिलेको भन्दा राम्रो रहेको बताएकी छिन् ।

उनले अस्पतालमा चिकित्सक र नर्सहरुलाई गीत गाएर सुनाउने गरेकी छिन् । 

सुरुमा अस्पताल भर्ना भएपछि कनिकाले अस्पतालका कर्मचारीलाई सहयोग नगरेको र आफू स्टार भएको घमण्ड उनले देखाउने गरेको खबर सार्वजनिक भएको थियो । त्यसपछि कनिकाको निकै आलोचना हुँदै आएको थियो ।

कनिका गत मार्च ९ मा लण्डनबाट मुम्बई आएकी थिइन् । त्यसको दुई दिनपछि उनी लखनउ पुगिन् ।

कनिकाले लखनउमा पार्टी आयोजना गरिन् । उक्त पार्टीमा विभिन्न राजनेता, उत्तर प्रदेशका केही मन्त्री तथा अन्य मानिसको सहभागिता थियो ।

‘बेबी डल’ गीत गाएर चर्चामा आएकी कनिका बलिउडकी व्यस्त गायिकामा गनिन्छिन् । उनले आफ्नो स्वरबाट धेरै फ्यानहरु कमाएकी छिन् ।


कस्तो लाग्यो ?

यो पनि