जेठ ०३, २०८१, बिहीबार
               

कोरोना संक्रमित नर्सलाई लाइभ शोमा जेनिफरको सप्राइज (भिडियो)

एजेन्सी
चैत २२, २०७६

ADVERTISEMENT

एजेन्सी । चर्चित अभिनेत्री जेनिफर एनिस्टनले एक शोमा सप्राइज दिएकी छिन् ।

अभिनेत्री जेनिफरले जिम्मी किमेल शोमा भिडियो कलमार्फत सहभागीता जनाइन् ।

बिरामीको उपचारको क्रममा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित नर्सको लागि जेनिफरले १० हजार डलर दिने घोषणा गरिन् ।

उक्त शोमा जेनिफरले आफ्नो दैनिकीको बारेमा समेत जानकारी गराएकी छिन् । 

यसअघि गायिका टेलर स्फ्टिले पनि कोरोना भाइरस संक्रमितको लागि तीन हजार डलर आर्थिक सहयोग गरेकी थिइन् ।

आइसोलेशनमा नर्स

नर्स किम्बल फेयरबैंक्स एक अस्पतालमा कोरोनाभाइरस संक्रमितहरुको उपचारमा खटिएकी थिइन् । 

त्यस क्रममा उनी पनि यस घातक भाइरसको शिकार बन्न पुगेकी हुन् ।

किम्बल अहिले आइसोलेशनमा छिन् ।  


कस्तो लाग्यो ?

यो पनि