बैशाख २४, २०८१, सोमबार
               

मोदीको बत्ती निभाउने अपिलपछि सेलिब्रेटीहरुको यस्तो प्रतिक्रिया

एजेन्सी
चैत २१, २०७६

ADVERTISEMENT

एजेन्सी । जनता कर्फूको दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीलाई कोरोना कमान्डोजलाई धन्यवाद ज्ञमपन गर्नको लागि ताली या थाली बजाउन आग्रह गरेका थिए ।

त्यस समयमा पनि बिलउड सेलिब्रेटीहरुले मोदीको आग्रहलाई समर्थन गरेका थिए ।

यसैबीच भारतीय प्रधानमन्त्री मोदीले कोरोना विरुद्धको लडाइँमा सम्पूर्ण जनतालाई एकजुट हुन अपिल गरेका छन् । 

उनले आइतबार राति ९ बजे ९ मिनेटसम्म बिजुली बत्ती निभाएर (बन्द गरेर) मैनबत्ती, दियो वा मोवाइलको फ्ल्याश बाल्न आग्रह गरेका छन् ।

शुक्रबार देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले आम जनतालाई यस्तो (खास) अपिल गरेका हुन् ।

मोदीको यस अपिलमा पनि थुप्रै बलिउड स्टारले समर्थन गरिरहेका छन् । विवेक अग्निहोत्री, वीर दास, तापसी पन्नू, रंगोली चन्दे लगायत थुप्रै सेलिब्रेटीहरुले मोदीको पहलप्रति समर्थन जनाएका हुन् ।

बलिउड सुन्दरी तापसी पन्नूले सामाजिक सञ्जालमा लेखेकी छिन्, नयाँ टास्क या.या..या... । 

निर्देशक विवेक अग्निहोत्रीले लेखेका छन्, पागलहरुले पिएम (मोदी) को ट्रोल गर्छन् होला तर, म भन्छु मोदी भारतका बेस्ट लिडर हुन् ।


कस्तो लाग्यो ?

यो पनि