बैशाख २३, २०८१, आइतबार
               

अमितावले घरमै खोले जिम, फोटो भयो भाइरल

नेपाल फ्ल्यास
चैत ११, २०७६

ADVERTISEMENT

कोरोना भाइरसका कारण भारतीय सेलिब्रेटीहरू सबैले आफूलाई घरमा कैद गरेका छन् ।

जिम र फिटनेस क्लब जताततै कोरोना सङ्क्रमणका कारण बन्द छ । यस्तो अवस्थामा बलिउड सेलिब्रेटीहरूले घरमै जिमका सामानको बन्दोबस्त मिलाएका छन् ।

क्वारेन्टाइनको बीचमा वरिष्ठ कलाकारहरूले फिटनेसमा ध्यान पुर्‍याएका छन् । उनीहरूले घरमै जिम बनाएर धेरै पसिना बगाइरहेका छन् । यो जानकारी अमिताभ बच्चन आफैँले दिएका थिए । अमिताभ बच्चनले सोसल मिडियामा वर्कआउटको फोटो सार्वजनिक गरेका छन्, जुन भाइरल भइरहेको छ ।

फोटोमा अमिताभ जिम लुकमा छन् । उनको पछाडि जिमका सबै उपकरणहरू देखिन्छन् । उनले क्याप्सनमा जिमको माध्यमबाट फिट रहन र प्रतिरक्षा क्षमता बढाउन सल्लाह दिएका छन् । अमिताभको यो फोटोमा धेरै टिप्पणीहरू आउँदै छन् । बलिउड सेलिब्रेटीहरूले पनि बच्चन अर्थात् बिग बीको पोस्टमा प्रतिक्रिया दिएका छन्। सिद्धार्थ मल्होत्राले भनेका छन्- 'प्रेम र सम्मान सर ।'

अमिताभ बच्चनको फोटो धेरै मन पराइएको छ र धेरै शेयर भएको छ ।

यो पनि