जेठ ०३, २०८१, बिहीबार
               

स्वास्थ्यमन्त्रीसँग सरोज खनालको रिस: जो अगुवा त्यहीँ बाटो हगुवा

नेपाल फ्ल्यास
चैत १०, २०७६

ADVERTISEMENT

सोमबार स्वस्थ्यमन्त्री भनुभक्त ढकालले पत्रकार सम्मेलन गर्दै एक जनालाई कोरोनाको संक्रमण देखिएको जानकारी दिए । तर, उनले गरेको पत्रकार सम्मेलन सरकारले दिएको आदेश विपरित थियो । पत्रकार सम्मेलनमा २५ जना भन्दा बढि व्यक्तिहरुको उपस्थिती देखिन्थ्यो । त्यहाँको भिड हेर्न लायक थियो । 

त्यहाँको भिडको तस्विर बाहिर आएसँगै यस सम्बन्धी धेरै टिक्का टिप्पणीहरु भइरहेका छन् । धेरैले स्वस्थ्यमन्त्रीको कामलाई गलत भनेका छन् । यस विषययमा चलचित्र क्षेत्रमा विभिन्न व्यक्तिहरुले पनि चर्को आलोचना गरिरहेका छन् । 

यस्तैमा अभिनेता सरोज खनालले पनि स्वस्थ्यमन्त्रीको यस कार्यलाई विरोध गर्दै फेसबुकमा स्टाटस नै लेखेका छन् । उनले स्वस्थ्यमन्त्रीलाई एक उखान सहितको गाली गरेका छन् । 
सरोजले लेखेको स्टाटस जस्ताको त्यस्तै: 
"जो अगुवा उहीँ बाटो हगुवा" (उखानको लागी माफ गर्नु होला । माननीय स्वास्थ मन्त्री ज्युले कोरोना संक्रमण बारे जानकारी दिन आज गर्नु भएको पत्रकार सम्मेलन… । के यसरी झ्याली पिट्न जरुरी थियो र?
‘सोसियल डिस्ट्यान्स’को अर्थ कहिले बुझ्ने हामीले ?


कस्तो लाग्यो ?

यो पनि