एजेन्सी । भारतमा कोरोना भाइरस तीव्र रुपमा फैरिहेको छ । भारतमा कोरोना भाइरसबाट अहिलेसम्म ४१५ जना संक्रमित भएका छन् ।
कोरोना भाइरस संक्रमणका कारण अहिलेसम्म सात जनाको मृत्यु भइसकेको छ । महाराष्ट्रमा पछिल्लो २४ घण्टामा १५ जना थप व्यक्तिमा कोरोना संक्रमण देखिएको छ ।
कोरोनाका कारण बलिउड स्टारहरु घरमै बस्न बाध्य छन् । मनोरञ्जनको दुनियामा व्यस्त रहने सेलिब्रेटीहरु घरमै दिनहरु बिताउन बाध्य छन् ।
यसैबीच बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिसले कोरोना संक्रमणका बीच आफ्नो (काम) ड्युटीमा खटिने व्यक्तिहरुको प्रशंसा गरेकी छिन् ।
आफ्नो ज्यानको बाजी लगाएर कैयौं बिरामीको उपचारमा संलग्न चिकित्सक तथा अस्पतालका कर्मचारीको उनले प्रशंसा गरेकी हुन् ।
शनिबार ज्याकलिनले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक विशेष ट्रिब्युट सहितको भिडियो शेयर गरेकी छिन् ।
उनले कोरोना संक्रमित बिरामीको स्वास्थ्यलाभको समेत कामना गरेकी छिन् । साथै उनले आफ्ना फ्यान लगायत अन्य व्यक्तिहरुलाई घरमै सुरक्षित रहन आग्रह गरेकी छिन् ।
भिडियोमा ज्याकलिन आफैंले पियानो बजाउँदै गीत गाएकी छिन् । उनी घरमा एक्लै छिन् र आफ्नो बिरालोसँग समय बिताइरहेकी छिन् । आफूले सबैलाई सिम गरिरहेको उनले बताएकी छिन् ।
कोरोनाकै कारण घरमा रहन बाध्य भएकी ज्याकलिनले आफ्ना फ्यानका लागि फोटो तथा भिडियो शेयर गरिरहेकी हुन्छिन् । फ्यानहरुलाई प्रेरित गर्नका लागि उनले लगातार वर्कआउट तथा हेल्दी रुटिङका भिडियो शेयर गरिरहेकी छिन् ।