जेठ ०४, २०८१, शुक्रबार
               

'अस्पतालमा कनिकाको घमण्ड'

एजेन्सी
चैत ०९, २०७६

ADVERTISEMENT

एजेन्सी । कोरोना भाइरस संक्रमण भएपछि थप चर्चामा आएकी गायिका कनिका कपूर अस्पताल भर्ना भएकी छिन् ।

उनी लखनउको संजय गान्धी पोस्ट ग्र्याजुएट इस्टिच्युट अफ मेडिकल साइन्स (एसजिपिआई) मा भर्ना भएकी हुन् । 

कनिका चाहन्छिन् कि, किंग जर्ज मेडिकल युनिभर्सिटी (केजिएमयू) ले आफ्नो फेरि स्वास्थ्य जाँच गरोस् । 

किनकी उनको पहिलो रिपोर्टमा उनलाई २८ वर्षको मेल बताइएको थियो । कनिकाको आशंका छ कि, उनको जाँच रिपोर्टमा गडबडी भएको हुनसक्छ ।

यसैबीच, एसजिपिजिआईका चिकित्सकले स्वास्थ्य उपचारमा गायिका (कनिका) ले सहयोग नगरेको आरोप लगाएका छन् ।

खबरअनुसार, उनलाई अस्पतालमा हरेक प्रकारका आवश्यक सेवा सुविधा उपलब्ध गराइएको छ । त्यसको वावजुत पनि उनको व्यवहार ठिक नभएको चिकित्सकले बताएका छन् ।

चिकित्सकका अनुसार, 'उनले नखरा देखाइरहेकी छिन् । आफू स्टार भएको घमण्ड उनले अस्पतालमा देखाइरहेकी छिन् । उनको कुराले अस्पताल प्रशासन तनावमा आएको छ ।'

यसअघि कनिकाको आरोप थियो कि, 'चिकित्सकले उनलाई आइसोलेशनमा राखेका थिए र त्यहाँ उनलाई धम्की दिइएको थियो ।'


कस्तो लाग्यो ?

यो पनि