जेठ ०३, २०८१, बिहीबार
               

चर्चित सेलिब्रेटी जो कोरोनाबाट ग्रसित छन्

नेपाल फ्ल्यास
चैत ०९, २०७६

ADVERTISEMENT

एजेन्सी । चीनको बुहानबाट फैलिएको कोरोना भाइरस अहिले १८५ देशमा फैलिसकेको छ । जसबाट मृत्यु हुनेको संख्या १३ हजारभन्दा बढी पुगेको छ ।

तीन लाखभन्दा बढी मानिस यस भाइरसबाट संक्रमित भएका छन् ।

आममानिसका साथै कैयौं सेलिब्रेटीहरु समेत कोरोना भाइरसको चपेटामा परेका छन् ।

कोरोना संक्रमित सेलिब्रेटीहरु अहिले आइसोलेशनमा छन् । उनीहरुको उपचार भइरहेको छ ।

हालै चर्चित टेलिभिजन कार्यक्रम प्रस्तोता एण्डी कोहेन कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएको पुष्टि भएको छ ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

I’m back and the train’s here! #PortraitMode

A post shared by Andy Cohen (@bravoandy) on

भारतवंशी अभिनेत्री इन्दिरा वर्मा पनि कोरोनाबाट ग्रसित भएकी छिन् । 

अभिनेता, विओ आर्टिस्ट तथा प्रोड्युसर डेनियल डे किमले कैयौं फिल्ममा काम गरिसकेका छन् । उनी पनि यस भाइरसबाट संक्रमित भएका छन् ।

अमेरिकन गायिका शार्लेट लरेन्सले स्वास्थ्य जाँचको क्रममा आफूलाई कोरोना भाइरस पोजेटिभ देखिएको जानकारी दिएकी छिन् ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

cake monster

A post shared by Charlotte Lawrence (@charlotteslawrence) on

२६ वर्षीया अभिनेत्री रशेल मैथ्यूजलाई समेत कोरोना भाइरस पोजेटिभ देखिएको छ । ‘हैप्पी डेथ डे’ तथा  ‘हैप्पी डेथ डे टू यू’ लगायतका फिल्ममा उनले काम गरेकी छिन् ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

if u know, u know

A post shared by Rachel Matthews (@rachellynnmatthews) on

अभिनेता क्रिस्टोफर हिव्जू पनि कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Good shot by @gettyimages #downhill

A post shared by Kristofer Hivju (@khivju) on

अभिनेता, प्रोड्युसर, डिजे र्‍यापर तथा गायक इदरिस अकुना एल्बालेृ पनि आफू यस भाइरसबाट संक्रमित भएको जानकारी दिएका छन् ।

४० वर्षीया फ्रेन्च अभिनेत्री ओल्गा कुरिलें पनि कोरोना भाइरसबाट संक्रमित भएकी छिन् । उनले सामाजिक सञ्जालमा क्वारेन्टाइनको तस्विर शेयर गरेकी थिइन् ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Happy Sunday! @do_paris @vanmalder

A post shared by Olga Kurylenko (@olgakurylenkoofficial) on

अभिनेत्री, प्रोड्युसर, गायिका रीटा विल्सन पनि कोरोनाभाइरसबाट संक्रमित छिन् । खबरअनुसार, रीटालाई भेटेका एक अस्ट्रेलियन पत्रकार रिचर्ड विल्किन्स पनि कोरोनाबाट संक्रमित छन् ।

हलिउडका लिजेन्ड्री अभिनेता टम ह्यान्क्सलाई पनि कोरोना भाइरसको संक्रमण भएको छ । कोरोना संक्रमित हुने उनी पहिले सेलिब्रेटी भएको बताइएको छ । उनले मार्च ११ मा आफूलाई कोरोना संक्रमण भएको बताएका थिए ।

यसका साथै ८६ वर्षीया ज्याज लिजेन्ट मनु दिबांगु र तन्जानियाका र्‍पार म्वाना एफए पनि यस भाइरसबाट संक्रमित भएका छन् ।


कस्तो लाग्यो ?

यो पनि