जेठ ०३, २०८१, बिहीबार
               

कोरोनाको त्रास भुलेर छाया‌ंकनमा '२ नम्बरी'

नेपाल फ्ल्यास
चैत ०१, २०७६

ADVERTISEMENT

विश्वभर फैलिरहेको कोरोनाको त्रास नेपालमा पनि छ । नेपाल सरकारले भिडभाड हुने क्रियाकलाप नगर्न आग्रह गरिरहेको छ । यत चलचित्र निर्माता संघ र चलचित्र प्रविधिक संघले पनि चलचित्रको छायांकन रोक्न अनुरोध गरिरहेको छ । तर, यी सम्पूर्ण कुरालाई बेवास्ता गर्दै '२ नम्बरी' फ्लोरमा उत्रिएको छ । 

अहिले चलचित्र '२ नम्बरी'को धमाधम छायांकन चलिरहेको छ । कास्कीको घाचोक पुगेर चलचित्रले आफ्नो छायांकन सुरु गरेको छ । आज तेस्रो दिनमा चलचित्रको छायांकन चलिरहेको छ । 

दीपेन्द्र लामाले एक्सन-कट गरिरहेको चलचित्रमा दयाहाङ राई र उगेन छोदेनले अभिनय गरिरहेका छन्‍ । नायक पल शाह र नायिका वर्षा राउतले केही दिनमा नै चलचित्रको छायांकन सेट जोइन गर्नेछन् । 

आउँदो बर्षको जनै पूर्णिमामा रिलिज हुने बताइएको यस चलचित्रलाई रोहित कट्टेल र सरोज नेपालीले निर्माण गर्न लागेका हुन् । किरण नेपाली प्रस्तुतकर्ता रहेको चलचित्रमा रत्न श्रेष्ठ कार्यकारी निर्माताको रुपमा रहेका छन् ।


कस्तो लाग्यो ?

यो पनि