बैशाख २४, २०८१, सोमबार
               

हलिउड अभिनेता टम ह्यांक्स र उनकी पत्नीलाई कोरोना भाइरस

नेपाल फ्ल्यास
फागुन २९, २०७६

ADVERTISEMENT

चर्चित हलिउड अभिनेता टम ह्यांक्स र रिटा विल्सनलाई कोरोना भाइरसको संक्रमण भएको छ । हाल अस्ट्रेलियामा रहेका उनीहरूमा कोरोना भाइरसको संक्रमण पाइएको हो । अभिनेता ह्यांक्सले यसको जानकारी इन्स्टाग्रामबाट दिएका छन् ।

ह्याक्सले आफू र आफ्नी पत्नीलाई चिसो लाग्दा हुने थकान र शारिरिक पीडा भएपछि संसारमा देखिएको कोरोना भाइरसलाई ध्यानमा राख्दै परीक्षण गर्दा कोरोना भाइरस परीक्षण पोजेटिभु भेटिएको उनले आफ्नो इन्स्टाग्राममा लेखेका छन् ।

आफू र पत्नीमा कोरोना भाइरस संक्रमण भएको हुँदा अभिनेता ह्यांक्सले चिकित्सकले भनेबमोजिम  नियममा बस्ने बताएका छन् ।
ह्यांक्स र उनकी पत्नी दुवै ६३ वर्षका हुन् ।

दुईपटक ओस्कार अवार्ड हात पारेका ह्यांक्स पत्नीसँग गत जनवरी २६ मा अस्ट्रेलियाको गोल्ड क्वेस्ट गएका थिए ।


कस्तो लाग्यो ?

यो पनि