बैशाख २४, २०८१, सोमबार
               

कोरोना प्रभाव: उथल-पुथल भयो चलचित्रको रिलिज मिति

नेपाल फ्ल्यास
फागुन २७, २०७६

ADVERTISEMENT

कोरोनाको त्रासका कारण नेपाली चलचित्रको रिलिजलाई निकै ठुलो असर गरेको छ । कोरोनाको त्रासका कारण धेरै चलचित्रले आफ्नो रिलिज मिति फेरेका छन् । 

एक हिसाबमा भन्ने हो भने चलचित्रको रिलिज मितिमा कोरोनाले उथल-पुथल नै ल्याएको छ । चलचित्रमा ठुलो लगानी गरेका निर्माताहरु कोरोनाले लगानी डुबाइदिने हो कि भन्ने त्रासका कारण चलचित्रलाई पछाडि सारिरहेका छन् । 

सबैभन्दा पहिला चलचित्र ‘म यस्तो गीत गाउँछु २’ले आफ्नो रिलिज मिति स्थगित गर्‍यो । अगामी शुक्रबार अर्थात् फागुन ३० गते रिलिजको तयारीमा रहेको यस चलचित्रले अनिश्चित कालको लागि आफ्नो रिलिज मिति स्थगित गरेको हो । 

चैत ७ गते रिलिज हुने भनिएको चलचित्र ‘नीरफूल’ले पनि आफ्नो रिलिज मिति फेरेको छ । कोरोनाकै त्रासले यो चलचित्रले पनि रिलिज मिति पछाडि सार्नु परेको निर्देशक फूलमान वलले बताए । 

चैत २१ गते रिलिज मिति पक्का गरेको चलचित्र ‘लक्का जवान’को प्रदर्शनी पनि अन्योलमा परेको छ । चलचित्रका प्रस्तुतकर्ता किरण केसी चलचित्र सार्ने वा सोही मितिमा देखाउने भन्ने दोधारमा छन् । उनी अहिले पर्ख र हेरको अवस्थामा छन् । त्यो बेलासम्म केही राम्रो हुने संकेत पाए रिलिज गर्ने उनको सोच छ ।

चैत २८ मा रिलिज हुने भनिएका दुई चलचित्र ‘प्रेम गीत ३’ र ‘चपली हाइट ३’ भने त्यहीँ मितिमा आउने अडान कसिरहेका छन् ।


कस्तो लाग्यो ?

यो पनि