बैशाख १७, २०८१, सोमबार
               

कोरोनाको डरः जहाँ सलमान र दिशा जान सकेनन्

एजेन्सी
फागुन २५, २०७६

ADVERTISEMENT

एजेन्सी । बलिउड स्टार सलमान खान अहिले 'राधे योर मोस्ट वान्टेड भाइ'को सुटिङमा व्यस्त छन् ।

सुटिङकै क्रममा अभिनेत्री दिशा पटानीसँग सलमान अजरबैजानको राजधानी बाकु जाने कार्यक्रम थियो ।

तर, उनीहरुको उक्त यात्रा रद्द भएको छ । कोरोना भाइरसको महामारीको डरले उनीहरुको बाकु सुटिङ रद्द भएको हो ।

बाकुमा फिल्मको एउटा गीत र एक्सन सिक्वेन्स सुट गर्ने तय भएको थियो ।

फिल्म युनिटका एक सदस्यले भने, कोरोना भाइरस फैलिरहेको अवस्थामा ठूलो युनिट विदेश जानु खतरनाक हुनसक्छ । अब यतै कहीँ सुटिङ गर्ने योजना बनाउँछौं ।

फिल्मका केही 'क्रु मेम्बर्स' सुटको तयारीका लागि बाकु पुगिसकेका छन् । उनीहरुलाई फिल्म निर्माण युनिटले फिर्ता बोलाएको छ ।

फिल्म राधेको निर्देशन प्रभुदेवाले गर्नेछन् । सलमान र दिाशाको यो दोस्रो फिल्म हो । यसअघि फिल्म भारतमा यो जोडीले स्क्रिन शेयर गरिसकेका छन् ।

फिल्म 'राधे योर मोस्ट वान्टेड भाइ' आउने इदमा रिलिज हुनेछ ।


कस्तो लाग्यो ?

यो पनि