बैशाख १७, २०८१, सोमबार
               

कोरोनाको डरले पछि सर्‍यो 'नीरफूल'

नेपाल फ्ल्यास
फागुन २४, २०७६

ADVERTISEMENT

फूलमान वल निर्देशित चलचित्र 'नीरफूल'ले आफ्नो प्रदर्शन मिति हेरफेर गरेको छ । देशमा बढ्दै गएको कोरोनाको त्रासका कारण चलचित्रले आफ्नो रिलिज मिति पछाडि सार्ने भएको हो ।

चैत ७ गते रिलिज हुने भनिएको यस चलचित्र केही समयको लागि पछाडि सरेको छ । चलचित्रको नयाँ रिलिज मिति भने तय भइसकेको छैन । आइतबार चलचित्रको नयाँ रिलिज मिति सार्वजनिक गरिने निर्देशक वलले बताए ।

'नीरफूल'ले तेस्रो पटक आफ्नो रिलिज मिति सारेको छ । सुरुमा भदौमा रिलिज हुने भनिएको यस चलचित्र भदौमा रिलिज भएन । त्यसपछि चलचित्रले फागुन ३० गतेलाई रिलिज मिति पक्का गर्‍यो । उक्त मितिमा 'म यस्तो गीत गाउँछु २' रिलिज हुने भएपछि नीरफूल एकसाता पछाडि धकेलिएको थियो । 

अहिले कोरोनाको त्रासका कारण पुन: चलचित्रले आफ्नो रिलिज मिति फेर्न बाध्य भएको छ । 

'नीरफूल'मा दयाहाङ राई, शन्ति वाइवा, बुद्धि तमाङ लगायतको मुख्य भूमिका रहेको छ । चलचित्रमा रेखा थापा अतिथी भूमिकामा प्रस्तुत भएकी छिन् । भुकम्पका कारण टुटेको परिवारको कथा बोल्ने यस चलचित्रको पटकथा निर्देशक वल र सचिन घिमिरेले तयार गरेका हुन् ।


कस्तो लाग्यो ?

यो पनि