बैशाख १७, २०८१, सोमबार
               

कोरोनाको त्रासले रोकियो 'म यस्तो गीत गाउँछु २'को प्रदर्शन

नेपाल फ्ल्यास
फागुन २३, २०७६

ADVERTISEMENT

चलचित्र 'म यस्तो गीत गाउँछु २'ले आफ्नो प्रदर्शन स्थगन गरेको छ । विश्वभर फैलिरहेको कोरोनाको त्रासका कारण फागुन ३० गते रिलिज हुने भनिएको यस चलचित्र अब भने अनिश्चित समयको लागि पछि सारेको छ । 

शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै निर्माण पक्षले चलचित्र अनिश्चित समयको लागि पछाडि सारेको उल्लेख गरेको छ ।


नेपाल सरकार र जिल्ला प्रशासनले मेला-महोत्सव र भिडभाड हुने कार्यक्रम नगर्न सुचना जारी गरिसकेको र चलचित्र निर्माता संघले पनि चलचित्रको छायांकन रोक्न आग्रह गरेकाले आम मानिसको स्वस्थ्यलाई ध्यानमा राखेर चलचित्रलाई स्थगन गरिएको विज्ञप्तीमा उल्लेख छ । नेपाल सरकारको नयाँ सुचना नआएसम्म चलचित्रको नयाँ प्रदर्शन मिति तोकिने छैन । 

सुदर्शन थापा निर्देशित चलचित्रमा पल शाह र पूजा शर्माको मुख्य भूमिका रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि