बैशाख १७, २०८१, सोमबार
               

उपकुलपति चित्रकारलाई पत्नीशोक

रासस
फागुन २३, २०७६

ADVERTISEMENT

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा) का उपकुलपति गोपाल चित्रकारलाई पत्नीशोक परेको छ । उनकी ६१ वर्षीया श्रीमती सीताको अर्वुदरोगको उपचारका क्रममा आज बिहान ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको नाफाका कुलपति केके कर्माचार्यले
जानकारी दिए ।
 
उनी करिब तीन वर्षदेखि स्तन अर्बुदरोगले पीडित थिइन्  । चित्रकारकी एक छोरी  छिन् । पशुपति आर्यघाटमा शुक्रबार स्व‍ चित्रकारको अन्त्येष्टि गरियो । उनको  निधनमा कुलपति कर्माचार्य र ‘नाफा’ परिवारले दुःख व्यक्त गरेका छन् ।
 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि