बैशाख १७, २०८१, सोमबार
               

कोरोना त्रासः सन्नीले सेल्फी लिन नमानेपछि...

एजेन्सी
फागुन २३, २०७६

ADVERTISEMENT

एजेन्सी । कोरोना भाइरसको डर विश्वभर फैलिएको छ । कोरोना भाइरसबाट ३२ सय भन्दा बढी मानिसको ज्यान गइसकेको छ ।

कोरोना भाइरस भारतमा पनि देखिएको छ ।  बलिउड सेलिब्रेटीमा पनि यस भाइरसको त्रास देखिएको छ । 

केही सेलिब्रेटीले आफ्नो पूर्व निर्धारित कार्यक्रम नै रद्द तथा मिति परिवर्तन गरेका छन् ।

दीपिका पादुकोण 

कोरोना भाइरसका कारण बलिउड अभिनेत्री दीपिका पादुकोण पेरिस फेसन विक शोमा जान सकिनन् ।

कोरोना भाइरसको डरका कारण उनले आफ्नो यात्रा रद्द गरेकी हुन् ।

सन्नी लियोनी

सन्नी लियोनीको हालै एक भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । 

भिडियोमा उनले फ्यानहरुको साथमा सेल्फी लिन अस्विकार गरेकी थिइन् । मानिसले उनको क्रियाकलापलाई ट्रोल समेत बनाएका थिए । 

तर, सन्नीले केही समयपछि भनिन् ‘म र मेरो परिवारलाई कोरोनाबाट सुरक्षित राख्न चाहन्छु । त्यसैले सावधानी अपनाएकी हुँ ।’


कस्तो लाग्यो ?

यो पनि