बैशाख १७, २०८१, सोमबार
               

ठगी गरेपछि बिग मुभिज कारबाहीमा

नेपाल फ्ल्यास
फागुन २२, २०७६

ADVERTISEMENT

परल मूल्यमा अत्यधिक नाफा गरेर बेचेको आरोपमा बिग मुभिजलाई कारबाही गरिएको छ । ७० रुपैयाँ पर्ने सामानलाई १ एक सयभन्दा बढीमा बेचेको पाइएपछि बिग मुभिजलाई कारबाही गरिएको हो।  

बजार मूल्यभन्दा बढीमा खाना र पेय पदार्थ बेचेर अनुचित व्यापारिक कारोबार गरेको आरोपमा वाणिज्य विभागले कारबाही गरेको हो।विभागको टोली कमलपोखरीस्थित हलमा पुगेर अनुगमन गर्ने क्रममा ७० रुपैयाँ पर्ने सामानलाई एक सयभन्दा बढी मूल्यमा बेचेको पाइएको थियो। 

ग्राहकको उजुरीका आधारमा पुगेको टोलीलाई पनि ७० रुपैयाँ पर्ने सामानलाई एक सय रुपैयाँमा बिक्री गरेको थियो। ठगी मुद्दामा दुई लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ। ठगीको आरोपमा बिग मुभिज् कारबाहीमा परेको यो चौंथो पटक हो। 


कस्तो लाग्यो ?

यो पनि