जेठ ०२, २०८१, बुधबार
               

कोरोनाको डरले पेरिस गइनन् दीपिका

एजेन्सी
फागुन २०, २०७६

ADVERTISEMENT

एजेन्सी । बलिउड अभिनेत्री दीपिका पादुकोण यस पटक पेरिस फेशन विकमा सहभागी नहुने भएकी छिन् ।

विश्वभर कोरोनाभाइरसको संक्रमणले महामारीको रुप लिइरहेको बेला उनले पेरिस फेशन विकमा नजाने निर्णय लिएकी हुन् ।

यसअघि दीपिका लक्जरी फेशन ब्राण्ड लुई वितोंको निमन्त्रणामा त्यहाँ जाने पक्कापक्की भएको थियो । 

तर कोरोना भाइरस संक्रमण भइरहेको समयमा उनले आफ्नो पेरिस ट्रिप रद्द गरेकी छिन् ।

फेब्रुअरी २४ देखि फ्रान्सको राजधानी पेरिसमा आयोजित उक्त फेशन विक शो मार्च ३ सम्म सञ्चालन हुनेछ ।

कोरोना भाइरसको महामारी फ्रान्समा पनि देखिएकाले दीपिकाले आफ्नो भ्रमण रद्द गरेको उनका प्रवक्ताले जानकारी दिएका छन् ।


कस्तो लाग्यो ?

यो पनि