जेठ ०१, २०८१, मंगलबार
               

मेलिना र समिरको 'पल्केर' सार्वजनिक

नेपाल फ्ल्यास
फागुन १७, २०७६

ADVERTISEMENT

गायिका मेलिना राई र गायक समिर सिंगकको आवजमा रहेको नयाँ गीत सार्वजनिक भएको छ ।

शनिबार सार्वजनिक गरिएको ‘पल्केर’ बोलको गीतमा डिपि खनालको शब्द रहेको छ । गीतमा शंकर थापा ‘स्माइल’ले संगीत दिएका छन् ।

शान थापाको निर्देशनमा तयार भएको भिडियोमा एलिशा राई र किरण गुरुङ फिचर छन् । भिडियोमा किरण एलिशासँग पल्केर पछि लागेको देखाइएको छ ।

बुद्ध थापाले खिचेको भिडियोमा सुरेश काफ्लेले ड्रोन उडाएका छन् । भिडियो सम्पादनको काम सुप्रिम पराजुलीले गरेका छन् । राजिव समरको नृत्य निर्देशन रहेको भिडियोलाई केन्द्र लिम्बुले निर्माण गरेका हुन् । 


कस्तो लाग्यो ?

यो पनि