जेठ ०३, २०८१, बिहीबार
               

प्रियंका-आयुषमानको विवाह आज

नेपाल फ्ल्यास
फागुन १५, २०७६

ADVERTISEMENT

काठमाडौं । अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज आज विवाह बन्धनमा बाँधिदैछन् ।

आज (फेब्रुअरी २७) प्रियंकाको जन्म दिन हो । आफ्नो जन्मदिनको अवसरमा उनले विवाह गर्ने निर्णय गरेको केही दिन अघि नै जानकारी दिएकी थिइन् ।

उनीहरूले करिब एक वर्षअघि नै इन्गेजमेन्ट गरेर सँगै बस्दै आएका थिए । 

केही समयअघि प्रियंकाले आफ्ना नजिका साथीहरुसँग थाइल्याण्ड पुगेर ब्याचलर्स पार्टी गरेकी थिइन् ।  

त्यसको केही समयपछि आयुष्मान पनि आफ्ना नजिकका केटा साथीहरुलाई लिएर ब्षचलरर्स पार्टी मनाउन पोखरा पुगेका थिए । त्यहाँ उनले प्रियंकाकै पोजहरुमा तस्विर खिचाएका थिए । उक्त तस्विर निकै भाइरल भएको थियो ।

फिल्म अभिनयको सिलसिलामा यी दुईबीच करिब तीन वर्षअघि भेट भएको थियो । 

भेटपछि नजिकिएका यी दुई एक अर्काबीना बाँच्न नसक्ने अवस्थासम्म पुगेका छन् । 

सन् २०१८ को फेब्रुअरी १४ मा दुवैले आफ्नो प्रेमसम्बन्ध सार्वजनिक गरेका थिए। 

प्रियंकाको यो दोस्रो विवाह हो । अमेरिका बसाइका क्रममा उनको पहिलो वैवाहिक सम्बन्ध टुटेको थियो ।


कस्तो लाग्यो ?

यो पनि