जेठ ०३, २०८१, बिहीबार
               

विहेअघिको खुशी, तीन दिनसम्म रिसोर्ट बुक (तस्विरसहित)

नेपाल फ्ल्यास
फागुन १४, २०७६

ADVERTISEMENT

काठमाडौं । अभिनेत्री प्रियंका कार्की छिट्टै लगनगाँठोमा कसिदैछिन् । प्रियंका र अभिनेता आयुष्मान देशराज जोशीबीच बिहीबार फागुन १५ (फेब्रुअरी २७) गते विवाह हुँदैछ ।

विवाहको दिन नजिकिँदै गर्दा विवाहलाई लिएर प्रियंका निकै उत्साहित छिन् । उनी निकै हुखी देखिएकी छिन् । प्रियंकाले आफ्नो जन्मदिन (फेब्रुअरी २७) को अवसर पारेर विवाह गर्न लागेकी हुन् । एक बर्षअघि यो जोडीले इन्गेजमेन्ट गरेका थिए ।

जोडतोडका साथ विवाहको तयारीमा रहेको यो जोडी (प्रियंका र आयुष्मान) ले मंगलबार मेहेन्दी र म्युजिक कार्यक्रमको आयोजना गरे । मंगलबार दिउँसो मेहेन्दी लगाउने कार्यक्रम र साँझ सांगीतिक कार्यक्रम आयोजना गरिएको थियो । आयुष्मानले पन िप्रियंकाको नामको मेहेन्दी लगाएका छन् । 

मेहेन्दी कार्यक्रममा प्रियंका हरियो कलरको पहरिनमा सजिएकी थिइन् । रातिको सांगीतिक कार्यक्रममा भने उनी अर्कै लुक्समा उपस्थित भएकी थिइन् ।

सांगीतिक कार्यक्रममा प्रियंकाकी आमा, केकी अधिकारी, ऋचा शर्मा, रिमा विश्वकर्मा, वर्षा राउत, संजोक कोइराला, आशिरमान देशराज श्रेष्ठ जोशी, जेनिसा मोक्तान (पूर्व मिस नेपाल) लगायतले प्रस्तुती दिएका थिए । कार्यक्रममा प्रियंका आयुष्मान निकै रोमान्टिक देखिएका थिए ।

विवाहको लागि यो जोडीले काठमाडौंको एक रिसोर्ट तीन दिनको लागि बुक गरेका छन् ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Mehendi❤ . Tap for deets 🥰 #ayanka #ayankawedding #bridetobe #februarybride

A post shared by 𝑷𝒓𝒊𝒚𝒂𝒏𝒌𝒂 🌼 (@priyanka.karki) on

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Channeling the inner Akbar♥️ #ayushmatibhavah #ayanka #ayankawedding #celebratingayanka #wedding #mehendi

A post shared by Ayushman Joshi (@ayushmandsj) on


कस्तो लाग्यो ?

यो पनि