बैशाख २५, २०८१, मंगलबार
               

कोरोनाभााइरसः चिनियाँ फ्यानका लागि आमिर खानको यस्तो सन्देश (भिडियो)

एजेन्सी
फागुन १२, २०७६

ADVERTISEMENT

एजेन्सी । चीनमा अहिले कोरोना भाइरसको आतंक छ । चीनमा अहिलेसम्म दुई हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ ।

यसैबीच चीनका राष्ट्रपति सि जिनपिङले चीनमा अहिलेसम्मकै सभैभन्दा ठूलो स्वास्थ्य संकटको घोषणा गरेका छन् ।

चीनबाट फैलिएको कोरोनाभाइरस संसारका अन्य देशमा समेत फैलिसकेको छ । यो तत्काल नियन्त्रणमा आउने लक्षण देखिएको  छैन । 

यसैबीच कोरोनाभाइरसले महामारीको रुप लिन थालेपछि बलिउड स्टार आमिर खानले चिन्ता व्यक्त गरेका छन् । र उनले उक भिडियो सन्देश जारी गरेका छन् ।

चीनमा आमिर खान निकै लोकप्रिय छन् । उनले जारी गरेको भिडियो सन्देशमा यस भयानक भाइरसको चपेटाबाट बच्नको लागि इश्वरसँग प्रार्थना गरेको बताएका छन् ।

उनले भनेका छन्, 'सम्पूर्ण चिनियाँ साथीहरुलाई नमस्कार जब मैले त्यहाँ कोरोना भाइरस फैलिएको खबर सुनें तबदेखि म निकै चिन्तित छु । त्यहाँका केही साथीहरुसँग म सम्पर्कमा पनि छु । कोरोना भाइरसको त्रासदीलाई लिएर मलाई निकै गाह्रो भएको छ ।'

आमिर खानले यस भाइरसबाट ज्यान गुमाएका मृतकप्रति श्रद्धान्जली समेत अर्पण गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि