असोज ०५, २०८१, शनिबार
               

जेपी र मेलिनाको 'माया जोख्ने के होला' सार्वजनिक

नेपाल फ्ल्यास
फागुन १०, २०७६

ADVERTISEMENT

गायक जेपी नेम्बाङको नयाँ सालैजो गीत सार्वजनिक भएको छ । शुक्रबार गायक नेम्बाङ कै युट्युब च्यानलबाट रिलिज गरिएको 'माया जोख्ने के होला' बोलको गीतमा गायिका मेलिना राईले पनि स्वर दिएकी छिन् । गीतमा शशी गुरुङ बाङ्देलको शब्द संगीत रहेको छ ।

उमेश गुरुङको निर्देशनमा तयार भएको भिडियोमा निरञ्जली लामा, आनन्द गुरुङ, श्याम राई, रमिला गुरुङ, दीपा सुहाङ राई र एकान्त लिम्बुलाई फिचर गरिएको छ ।

रोधी बसेर गीत गाउँदा माया परिती बसेको कुरालाई भिडियोमा प्रस्तुत गरिएको छ । भिडियोको करियोग्राफर निर्देशक गुरुङ आफैँ हुन् । 

आर्यन मगर सह-निर्देशकको रुपमा रहेको भिडियोलाई मधुर बस्नेत र धन खालिङले खिचेका हुन् । भिडियो सम्पादनको जिम्मा भने सुजन शाहीले पाएका छन् ।
 


कस्तो लाग्यो ?

यो पनि