जेठ ०३, २०८१, बिहीबार
               

१० वर्षपछि नवराज घोरासैनीकाे कमब्याक

रासस
फागुन ०६, २०७६

ADVERTISEMENT
गायक नवराज घोरासैनीले झण्डै १० वर्षपछि ‘मिर्मिर कपालैमा’ बोलको गीतसहित नेपाली गीत सङ्गीतमा कम्ब्याक गरेका छन् । आफ्नै शब्द, स्वर र सङ्गीतमा उनले ‘मिर्मिर कपालैमा’ ल्याएका हुन् ।
‘मिर्मिर कपालैमा’ बोलको गीतमा घोरासैनीलाई गायिका अञ्जु पन्तले साथ दिएकी छिन् । “लामो समयको अन्तरालपछि ‘मिर्मिर कपालैमा’ ल्याएर आएको छु”, घोरासैनीले भने, ‘गीत सङ्गीतबाट म हराएको छैन भन्ने सन्देश हो यो ।”
यसअघि घोरासैनीले ०५८ साल साउन महिनामा ‘घुम्तीनेर भेट भयो।।।’ बोलको चर्चित गीत सार्वजिनक गरेका थिए । । ‘घुम्तीनेर भेट भयो’ बोलको गीतकै मिठासमा उनले अहिले ‘मिर्मिर कपालैमा’ गीत ल्याएका हुन् ।
काँठे भाकाको ‘मिर्मिर कपालैमा’लाई घोरासैनीले आफ्नै युट्युब च्यानलबाट रिलिज गरे । गीतको म्युजिक भिडियोको निर्देशन शिव विकले गरेका हुन् । एसराज गराच र जेबिका कार्कीले भिडियोमा अभिनय गरेका छन् । गीतको रेकर्डिङ मारुनी डिजिटल्समा गरिएको छ ।
राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि