जेठ ०६, २०८१, आइतबार
               

प्रियंकापछि आँचलले कस्दैछिन् लगनगाँठो

नेपाल फ्ल्यास
फागुन ०४, २०७६

ADVERTISEMENT

काठमाडौं । यस बर्ष नेपाली फिल्मी क्षेत्रका केही कलाकार वैवाहिक सम्बन्धमा बाँधिएका छन् भने, केही जोडी यसै मिहना विवाह गर्ने तयारीमा छन् ।

गत मंसिर २१ गते अभिनेत्री रिचा शर्माले लगनगाँठो कसिन् । उनले प्रेमी दिपेक्ष्य राणासँग विवाह गरेकी हुन् ।

दिपेक्ष्य अमेरिका तथा सिंगापुरमा अध्ययन गरी नेपाल फर्किएका व्यवसायी हुन् । उनी काठमाडौंका स्थानीय समेत हुन् । 

फुड बारबारेज क्षेत्रका अनुभवी राणासँग व्यवस्थापन क्षेत्रमा समेत विशेष अनुभव छ ।

होटल अन्नपूर्ण, स्टेट अल्ट्रा लाउन्जमा काम गरिसकेका उनी हाल लाबिम मलका जेनेरल म्यानेजर समेत हुन् ।

कबड्डीकी मैया

नायिका रेश्मा गुरुङ पनि गत शुक्रबार (फागुन २ गते) बैबाहिक जीवनमा बाँधिएकी छिन् । उनले पोखरामा प्रेमी सन्दिप गुरुङसँग लगनगाँठो कसेकी हुन् ।  

बिबाहपछि उनी चलचित्रमा देखिनेछिन् वा छैनन् धेरैको चासो बनेको छ । डेब्यु चलचित्र ‘कबड्डी’बाट नायिका रेश्मा गुरुङले निकै तारिफ पाइन् । 

यसै चलचित्रमा उनले विभिन्न अवार्डहरु पनि उचाल्न सफल भइन् । चलचित्रमा उनले निर्वाह गरेको 'मैया' क्यारेक्टर निकै हिट थियो ।

प्रियंका-आयुष्मान

अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी यसै महिना विवाह वन्धनमा बाँधिने भएका छन् । 

फागुन १५ गते प्रियंका आयुष्मान विवाह विवाह बन्धनमा बाँधिने पक्का भएको छ । फागुन १७ अर्थात फेब्रुअरी २७ मा प्रियंकाको जन्म दिन हो । उनले आफ्नो जन्मदिनको शुभअवसर पारेर आयुष्मानसँग लगनगाँठो कस्न लागेकी हुन् । 

उनीहरूले करिब एक वर्षअघि नै इन्गेजमेन्ट गरेर सँगै बस्दै आएका थिए ।

आँचलको विहे

पछिल्लो समयकी चर्चित अभिनेत्री तथा मोडल आँचल शर्माको विवाह पनि यसै महिना हुने फिक्स भएको छ ।

आँचल पछिल्लो समय डा. उदीप श्रेष्ठसँग प्रेम सम्बन्धमा छिन्। यसअघि उनको मोडल तथा अभिनेता पल शाहसँग प्रेमसम्बन्ध थियो । आचल–पलको जोडीलाई उनका फ्यानहरुले आप जोडी भन्ने गर्दथे । 

आँचल र उदीपले आफ्नो आफ्नो प्रेमसम्बन्धलाई फागुन २९ गते विवाहमा परिणत गर्ने भएका छन्।

बुढानीलकण्ठमा रहेको होटल पार्क भेन्यूमा यो जोडीको विवाह हुने छ ।


कस्तो लाग्यो ?

यो पनि