बैशाख २४, २०८१, सोमबार
               

निषेधाज्ञा र लकडाउन अवज्ञा गर्ने उद्योग व्यापार संगठन रुपन्देहीको चेतावनी

नेपाल फ्ल्यास
भदौ १७, २०७७

ADVERTISEMENT

बुटवल । उद्योग व्यापार संगठन रुपन्देहीले निषेधाज्ञा र लकडाउन अवज्ञा गर्ने चेतावनी दिएको छ । संगठनले बुधबार एक विज्ञप्ति निकाल्दै अब हुने लकडाउन र निषेधाज्ञा अवज्ञा गर्ने चेतावनी दिएको हो ।

यसका अलवा सो विज्ञप्तिमा लकडाउन र निषेधाज्ञा लम्ब्याइरहँदा व्यवसाय पूर्णरुपमा बन्द गर्नुपर्ने अवस्थामा पुग्दा पनि सरकारले कुनै करमा छुट नदिएको उनीहरुको गुनासो छ । 

संगठनका अध्यक्ष नारायणप्रसाद भण्डारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अब गरिने लकडाउन वा निषेधाज्ञा अवज्ञा गरिनेछ ।’

यसका अलवा सो विज्ञप्तिमा निरन्तरको लकडाउनले उद्योगी व्यवसायीहरुले बैंकको ऋण, व्याज र किस्ता, घरबहाल, विद्युत, खानेपानी, टेलिफोन आदि न्यूनतम बिलहरु भुक्तानी गर्न नसक्ने अवस्थामा पुगेका छन्, कच्चापदार्थ र तयारी वस्तु ओसारपसारमा समस्या भएको छ, पसलमा रहेका सामान सड्ने, बिग्रने, मजदूर, प्राविधिक आदिको व्यवस्थामा समस्या भएको उल्लेख छ ।

‘भदौ २१ गतेदेखि नेपाल सरकार, स्वास्थ्य मन्त्रालयको निर्देशिका पालना गरी उद्योग, व्यवसाय सञ्चालन गर्न दिनुपर्ने विषयमा नगरपालिका र जिल्ला प्रशासनसँग सहमतिको प्रयास गर्छौं र नमानेको खण्डमा उद्योग–व्यवसाय सञ्चालन गर्न सूचना जारी गर्छौं,’ विज्ञप्तिमा थप लेखिएको छ ।

यो पनि