काठमाडौं । अनलाइनमार्फत माग भएका सामग्री होम डेलिभरी गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
निषेधाज्ञाको सयमा अनलाइनमर्फत सामान माग गरी सोको डेलिभरी गर्नेहरुलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । प्रहरीले खानेकुरा तथा अन्य वस्तु डेलिभरी गर्ने व्यवसायीलाई नियन्त्रणमा लिई होल्डिङ जोनमा राखेको छ ।हाल उनीहरुलाई राजधानीको मुख्य चोकहरुमा बनाइएका होल्डिङ जोनमा राखिएको छ ।
जसमा युजी केककी सञ्चालिका निकिता आचार्य, फुडमाण्डुका सञ्चालक मनोहर अधिकारी, एम एक्सप्रेसका सञ्चालक संगम सिंह, अनलाइन बिक्री केन्द्र किरानाका सागर भट्टलगायत छन् ।