भदौ २३, २०८१, आइतबार
               

पत्रकारको कोरोना बीमा

रासस
जेठ १६, २०७७

ADVERTISEMENT

बागलुङ । कोरोना संकटका बेला अग्रभागमा खटिएर जिम्मेवारी निर्वाह गरिरहेका जिल्लाका पत्रकारको कोरोना बीमा गरिएको छ । नेपाल पत्रकार महासंघ बागलुङ शाखाले ५२ जना पत्रकारको प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडमा बीमा गरेको हो ।

जिल्लास्थित भीमनाथ स्मृति प्रतिष्ठानको सहयोगमा एक लाख रुपैयाँको बीमा गरिएको शाखा अध्यक्ष दिल शिरीषले बताए । बीमाका लागि चाहिने कागजात र ५२ जनाको सूची बिहीबार इन्स्योरेन्स कम्पनीलाई बुझाइएको उनको भनाइ छ ।

पिसिआर जाँचबाट कोरोना सङ्क्रमण पुष्टि भएमा पत्रकारले तत्कालै एक लाख रुपैयाँ प्राप्त गर्ने बीमा कम्पनीले जनाएको छ । सम्झौता भएको १५ दिनपछि मात्र बीमा लागू हुनेछ ।

कोरोना महामारीका बेला कार्यक्षेत्रमा खटिएका पत्रकारको जोखिम न्यूनीकरणका लागि बीमामा सहयोग गरिएको प्रतिष्ठानका सदस्य गोपाल पौडेलले बताए ।

प्रतिष्ठानले बीमाको प्रिमियम रकम प्रतिव्यक्ति एक हजार रुपैयाँका दरले कम्पनीलाई बुझाएको छ । शाखा अध्यक्ष दिल शिरीषले महासंघमा आवद्ध सबै पत्रकारको कोरोना बीमा गरिने बताए । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि