जेठ ०४, २०८१, शुक्रबार
               

पूर्व–पश्चिम राजमार्ग चार लेनको हुने

नेपाल फ्ल्यास
जेठ ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । सरकारले पूर्व–पश्चिम राजमार्गको सबै खण्डलाई चार लेनको द्रूत मार्ग बनाउने भएको छ ।

शुक्रबार राष्ट्रपति विद्या भण्डारीले  सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राजमार्ग बिस्तार गरी  चार लेनकाे बनाउने बताएकी हुन् । नारायणगढ–बुटवल तथा कमला–कञ्चनपुर खण्डको विस्तार कार्य तीन वर्षभित्र सम्पन्न गर्ने सरकारकाे लक्ष्य छ । त्यस्तै नागढुङ्गा–नौबिसे सुरुङको एक किलोमिटर काम आउँदो वर्ष सक्ने र पाल्पाको सिद्धबाबामा सुरुङ निर्माण थालिने राष्ट्रपति विद्या भण्डारीले बताइन् । 

साथै काठमाण्डौ–तराई मधेश फास्ट ट्रयाकको काम तीन वर्षमा सक्ने र आउँदो आर्थिक वर्षमा मध्यपहाडी लोकमार्गको तीन सय किलोमिटर, हुलाकी राजमार्गको दुई सय ५० किलोमिटर र उत्तर–दक्षिण कालीगण्डकी करिडोर ९० किमि सडक कालोपत्रे गरिने कार्यक्रममा उल्लेख छ  ।

 

यो पनि