जेठ ०५, २०८१, शनिबार
               

बिमासम्बन्धी विशेष व्यवस्था

रासस
चैत ११, २०७६

ADVERTISEMENT

काठमाडौँ । बिमा समितिले विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९ ) का कारण नेपालमा पनि सम्भावित संक्रण रोक्न सरकारले ‘लकडाउन’ गरेको अवस्थामा सो अवधिका लागि बिमा क्षेत्रमा आवश्यक व्यवस्था गरिएको जानकारी गराएको छ ।

समितिले सूचनामार्फत निर्जीवन बिमा कम्पनीहरुले बिमलेखको अवधि समाप्त हुनुअघि नै बिमितलाई पर्याप्त सूचना उपलब्ध गराई सूसुचित हुने व्यवस्था गरिएको बताएको छ ।

साथै, समितिले बिमालेख जारी गर्दा वा नवीकरण गर्दा जुनसुकै माध्यमबाट बिम शुल्क संलन गर्ने व्यवस्था समेत गरिएको जनाएको छ ।

यसैगरी जीवन बीमा कम्पनीतर्फ हाल भुक्तानी गर्नुपर्ने किस्ता भुक्तानी गर्न नसकेको कारणले बीमालेख व्यतित नहुने र उक्त बीमा शुल्क सबै सार्वजनिक सेवा सामान्य भएको मितिले १५ दिनभित्र बुझाएमा किस्तामा ब्याज नलाग्ने व्यवस्था समेत गरिएको छ ।

बिमाको नियमनकारी निकाय बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले सरकारले अत्यावश्यक सेवा बाहेकका अन्य सेवा बन्द गरेको वर्तमान अवस्थामा सो अवधिका लाागि उक्त व्यवस्था गरिएको इजाजतपत्र प्राप्त सबै बीमा कम्पनी, बिमित, एवं सर्वसाधारणलाई एक सूचनामार्फत जानकारी गराएको छ

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि