बैशाख १५, २०८१, शनिबार
               

कोरोना संक्रमण : विश्वभर निको हुनेको दरमा उल्लेख्य वृद्धि

नेपाल फ्ल्यास
जेठ ११, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा कोरोना संक्रमित थपिँदै गर्दा विश्वभरमा निको हुने दर बढ्दै गएको छ ।

नेपाल फ्ल्यासले विश्वभरमा १० लाख बढी संक्रमित पुगेपछिको तथ्यांक विश्लेषण गर्दा निको हुनेको संख्यामा निक्कै सुधार आएको देखिएको हो ।

चैत २० गते निको हुने २० प्रतिशतभन्दा कम थिए । पछिल्लो पाँच सातामा निको हुने दर करिब २२ प्रतिशतले बढेको हो ।

यो सामग्री तयार पार्दासम्म विश्वभरमा ५४ लाख २४ हजार १५४ जना संक्रमित पुगेका छन् भने २२ लाख ५६ हजार ९५७ जना निको भइसकेका छन् । मृत्यु हुनेको संख्या ३ लाख ४४ हजार ३३८ जना पुगेको छ ।

वर्ल्डोमिटरका अनुसार अहिलेसम्म विश्वभरमा २८ लाख २२ हजार ८५९ जना उपचाररत संक्रमित रहेकोमा ५३ हजार २५४ जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर बिरामी २ प्रतिशतको अवस्था गम्भीर रहेको छ । जुन उपचाररत संक्रमितको २ प्रतिशत हो ।

टेबुलमा हेर्नुस् निको हुनेको प्रतिशत

 

अधिकतम तथ्यांक वर्ल्डोमिटरबाट लिएर विश्लेषण गरिएको हो ।
मिति कुल संक्रमित निको निको प्रतिशतमा
जेठ १० ५३९७९५० २२४४८८५ ४१.५८
जेठ ९ ५२९८२०७ २१५६३८२ ४०.७०
जेठ ८ ५१९०४९१ २०८११९६ ४०.१०
जेठ ७ ५०८३४१० २०२२९३४ ३९.७९
जेठ ६ ४९८२९३७ १९५८४१६ ३९.३०
जेठ ५ ४८८८१२४ १९०५२६१ ३८.९८
जेठ ४ ४७९९२६६ १८५६५६६ ३८.६८
जेठ ३ ४७१७००९ १८१०१६० ३८.३७
जेठ २ ४६२१४१० १७५६६५७ ३८.०१
जेठ १ ४५२२००९ १७०२३९४ ३७.६४
बैशाख ३१ ४४२५६६६ १६५७८१७ ३७.४५
बैशाख ३० ४३३७४४५ १५९७८६५ ३६.८३
बैशाख २९ ४२५२२९० १५२६९७४ ३५.९०
बैशाख २८ ४१७८०९७ १४९०४४४ ३५.६७
बैशाख २७ ४०९८२७२ १४५०२३६ ३५.३८
बैशाख २६ ४००९२८४ १३९६१२८ ३४.८२
बैशाख २५ ३९१२१५६ १३५३४८८ ३४.५९
त्यसअघि      
बैशाख २० ३४७७४८८ ११३०१८१ ३२.४९
बैशाख १५ ३०५५८०० ९२७३७५ ३०.३४
बैशाख १० २६३७४३९ ७२२३२० २७.३८
बैशाख ५ २२४९००४ ५७१५७३ २५.४१
बैशाख १ १९१९१७४ ४४४७११ २३.१७
चैत २५ १४२९९८२ ३०२२१८ २१.१३
चैत २० १०२०९२० २१२२६४ २०.७९

 


कस्तो लाग्यो ?

यो पनि