बैशाख १४, २०८१, शुक्रबार
               

कोरोना संक्रमण : डेढ महिनायता निको हुनेको संख्यामा १९ प्रतिशतले वृद्धि

नेपाल फ्ल्यास
जेठ ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा कोरोना संक्रमण पछिल्ला दिनमा बढ्दै जाँदा विश्वभरमा भने निको हुनेको अवस्थामा उल्लेख्य सुधार भएको छ ।

नेपाल फ्ल्यासले विश्वभरमा १० लाख बढी संक्रमित पुगेपछिको तथ्यांक विश्लेषण गर्दा निको हुनेको संख्यामा निक्कै सुधार आएको देखिएको हो ।

यो सामग्री तयार पार्दासम्म विश्वभरमा ४८ लाख ६ हजार २९२ जना संक्रमित भएकोमा १८ लाख ६० हजार ३२७ जना निको भइसकेका छन् । यो ३८ दशमलव ७ प्रतिशत हो । चैत २० गते निको हुने २० प्रतिशतभन्दा कम थिए । पछिल्लो डेढ महिनामा १९ प्रतिशतले निको हुने बढेका छन् ।

टेबुलमा हेर्नुस् दैनिक विवरण

जेठ ५ गतेको तथयांक दिउसो १ बजेसम्मको मात्र हो । अधिकतम तथ्यांक वर्ल्डोमिटरबाट लिएर विश्लेषण गरिएको हो ।
मिति कुल संक्रमित निको निको प्रतिशतमा
जेठ ५ ४८०६२९२ १८६०३२७ ३८.७०
जेठ ४ ४७९९२६६ १८५६५६६ ३८.६८
जेठ ३ ४७१७००९ १८१०१६० ३८.३७
जेठ २ ४६२१४१० १७५६६५७ ३८.०१
जेठ १ ४५२२००९ १७०२३९४ ३७.६४
बैशाख ३१ ४४२५६६६ १६५७८१७ ३७.४५
बैशाख ३० ४३३७४४५ १५९७८६५ ३६.८३
बैशाख २९ ४२५२२९० १५२६९७४ ३५.९०
बैशाख २८ ४१७८०९७ १४९०४४४ ३५.६७
बैशाख २७ ४०९८२७२ १४५०२३६ ३५.३८
बैशाख २६ ४००९२८४ १३९६१२८ ३४.८२
बैशाख २५ ३९१२१५६ १३५३४८८ ३४.५९
त्यसअघि      
बैशाख २० ३४७७४८८ ११३०१८१ ३२.४९
बैशाख १५ ३०५५८०० ९२७३७५ ३०.३४
बैशाख १० २६३७४३९ ७२२३२० २७.३८
बैशाख ५ २२४९००४ ५७१५७३ २५.४१
बैशाख १ १९१९१७४ ४४४७११ २३.१७
चैत २५ १४२९९८२ ३०२२१८ २१.१३
चैत २० १०२०९२० २१२२६४ २०.७९

कस्तो लाग्यो ?

यो पनि